August 22, 2025

अङ्कुरम्–अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिता

अरोमाको पोल्टामा शिल्ड : दोस्रो र तेस्रो भए न्यू होराइजन र ग्रीनल्याण्ड

भरतपुर/भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको पाँचौँ संस्करणको शिल्ड भरतपुर–१० स्थित अरोमा स्कुलले आफ्नो पोल्टामा पारेको छ ।

१७६ अङ्क प्राप्त गर्दै अरोमाले शिल्ड आफ्नो पोल्टामा पारेको हो । ४५ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा अरोमा स्कुलका ज्योस्मिता रानामगर, अनुष्का अधिकारी, शायना अधिकारी, शिवानी राना प्रजा, अलिशा पाख्रिन, शाया जेमीमगर, दीपशिखा आलेमगर र अवनी सुवेदीको समूहले पहिलो स्थान हासिल गरेको हो ।

त्यसैगरी, होराइजन इङ्लिस स्कुलले १७५ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने १७३ अङ्क ल्याई भरतपुर–१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रथम हुने अरोमाले नगद पुरस्कार १० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुने होराइज र ग्रीनल्याण्ड पब्लिक स्कुलले क्रमशः सात हजार पाँच सय र पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका गरे । अरोमाले हात पारेको शिल्ड अर्को वर्षको हुने सातौँ संस्करणको विजेताले पाउने छन् । एकवर्षसम्म उक्त शिल्ड विजेतासँगै रहने प्रावधान छ ।

भद्रकुमारी नेसनल बेसिक स्कुलले सर्वोत्कृष्ट प्रस्तुतीकरण र ज्ञानसुधा इङ्लिस स्कुलले बेस्ट कोरियोग्राफीको उपाधि जितेको प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

विगत पाँच वर्षदेखि अङ्कुरम् एकेडेमीको स्काउट ट्रुपद्वारा हरेक वर्ष हरितालिका तीजको अवसरमा निरन्तर आयोजना गर्दै आएको प्रतियोगितामा यसपटक लोक तथा दोहोरी गायिका सरिता गुरुङ, बिन खाती र टीकाराम ढकाल तीन जना सम्मिलित निर्णायक मण्डलले कुल ३०० अङ्कमा गरेको मूल्याङ्कनको आधारमा विजेता घोषित गरिएको थियो ।

भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुखअथिति रहेको कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, स्थानीय स्काउट समिति भरतपुरका आयुक्त उपेन्द्र घिमिरे, प्रदेश युवा परिषद् बागमतीका अध्यक्ष गोविन्द पराजुली र चितवन स्मार्ट स्काउट क्रुका अध्यक्ष ईश्वर गुरुङ विशिष्ट अतिथि रहेका थिए । विद्यालयका आवासीय निर्देशक नईम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तहप्रमुख अर्जुन जी शर्माले गरेका थिए भने विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण निर्णायकहरू, निर्देशक चौधरी, तहप्रमुख शर्मा र चितवन स्मार्ट क्रुका रोबर लिडर आकाश न्यौपानेले गरेका थिए ।

Published by: Nawaraj Regmi

News Link

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*