May 24, 2025

अङ्कुरम् एकेडेमीमा ‘करियर गाइडेन्स प्रोग्राम

चितवन –  भरतपुर–७, स्थित अङ्कुरम् एकेडेमीमा एइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी ‘क्यारियर गाइडेन्स प्रोग्राम’को आयोजना गरिएको छ । शनिबार विद्यालयको अडिटोरियम हलमा आयोजित कार्यक्रममा एसइई दिएका विद्यार्थी र तिनका अभिभावकहरुको उपस्थिति थियो ।
 
रोजगारीको क्षेत्रमा विश्वव्यापीरुपमै शक्तिशाली प्रविधिहरुले दख्खल दिइरहेकोे परिप्रेक्ष्यमा आर्थिक अनिश्चितता, जनसांख्यिकीय परिवर्तन र प्राविधिक अवरोधका कारण सन् २०३५ सम्ममा केवल शैक्षिक उत्कृष्टताले मात्र काम नगर्ने बताउँदै कार्यक्रममा अनुकूलनशीलता, दूरदर्शिता र परिणाममुखी सोचको बढी माग हुने जानकारी दिइयो ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक स्किल ल्याब नेपालका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले भविष्यमा के बन्ने भन्ने निर्णय विद्यार्थीले अहिले नै गर्नुपर्ने बताउँदै त्यसका लागि अभिभावक र शिक्षकको मार्गदर्शन आवश्यक रहेको बताए । उनले भने, ‘सफलता भनेको एकैपटकको प्रयासले प्राप्त हुँदैन, यो पटकपटकको प्रयासपछि प्राप्त हुने कुरा हो,’ ‘विद्यार्थीले एउटा लक्ष लिएर त्यसलाई पूरा गर्न प्रयत्नशील हुनुपर्छ ।’
 
त्यस्तै कार्यक्रमकी अर्की वक्ता प्रशिक्षक द ओडा फाउन्डेसनकी पूर्वसिइओ ‘टिच फर नेपाल’की मोना आदित्यले एसइईपछि भविष्यमा माथिल्लो लेभलको अध्ययन र त्यसपछिको क्यारियर निर्माणका लागि कक्षा ११ मै विषय छनोटमा विचार पु¥याउनु पर्ने बताइन् ।
 
कोर्नेल युनिभर्सिटी न्यूओर्कबाट अध्ययन पूरा गरेकी आदित्यले द ओडा फाउण्डेसनमार्फत कर्णालीमा सेवा समेत गरेकी छिन् । सो अवसरमा उनको  ‘कोर्नेल टु कर्णाली’ शीर्षकको डकुमेन्ट्री देखाइएको थियो ।
 
विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले आजको कार्यक्रमबाट प्रशिक्षित विद्यार्थीमध्येबाट कम्तिमा २० जनासम्म मात्र पनि राम्रो कलेज पढेर विदेशमा उच्च शिक्षासहित सिप सिकेर चितवन फर्के मात्र पनि ठूलो उपलब्धि हुने बताए ।
 
अङ्कुरम् एकेडेमी +२ अङ्ग्रेजी विभाग प्रमुख अर्जुनबाबु धौलियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य सुमन पौडेलले राखेका थिए भने आगामी शैक्षिक यात्राका बारे अभिभावक र विद्यार्थीबाट उठेका प्रश्नको उत्तर +२ निर्देशक डा आरएन धितालले दिएका थिए । कार्यक्रममा १३७ जना विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।

Click to See Photos

News Link

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*