चितवन : भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीमा आयोजित स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगितामा भरतपुरस्थित सनराइज इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ । संस्थागत तथा सामुदायिक गरी ४० वटा विद्यालयको सहभागिता रहेको उक्त रनिङ शिल्ड नृत्य प्रतियोगितामा ग्रीनल्यान्ड स्कुल द्वितीय भएको छ ।
सामुदायिक विद्यालयहरूको उल्लेख्य सहभागिता रहेको उक्त प्रतियोगितामा भरतपुरस्थित ओमशान्ति एकेडेमीले तेस्रो स्थान हासिल गरेको छ भने प्रतियोगितामा अमर माविले बेस्ट कोरियोग्राफरको उपाधि प्राप्त गरेको छ ।
त्यसैगरी प्रतियोगितामा उषा इङ्गलिस स्कुलले ‘उत्कृष्ट प्रदर्शनकर्ता’ (Best Performer) को उपाधि प्राप्त गरेको छ ।