Hi, How Can We Help You?

Blog

February 15, 2025

अङ्कुरम एकेडेमीमा अतिरिक्त पाठ्यक्रम गतिविधि (ECA) अभिभावक बैठक सम्पन्न

फाल्गुन ३, २०८१

अङ्कुरम एकेडेमीमा अतिरिक्त पाठ्यक्रम गतिविधि (ECA) सम्बन्धी अभिभावक बैठक सम्पन्न  भएको छ, जसमा ईसीए विभाग प्रमुख विक्की थापाले गत वर्षका गतिविधिहरूको सारांश प्रस्तुत गरे। कक्षा १-३ मा ईसीएलाई २५% र शैक्षिक पक्षलाई ७५% प्राथमिकता दिइने बताइयो भने, कक्षा ४-७ मा समग्र विकासका लागि ईसीएलाई महत्त्वपूर्ण स्थान दिइने उल्लेख गरियो।

विद्यालयले शारीरिक र मानसिक स्वास्थ्यको लागि थप ईसीए गतिविधिहरूलाई प्रवर्द्धन गर्दै, विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउन चाहन्छ। अभिभावकहरूले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, नेतृत्व कौशल, खेलकुद अवसर, विद्यालय समय व्यवस्थापन, अनुशासन, संचार सीप, सुरक्षा मापदण्ड, प्रतिस्पर्धात्मक गतिविधि तथा नियमित अभ्यासजस्ता विषयमा महत्वपूर्ण सुझावहरू राखियो।

विद्यालय अध्यक्ष आनन्द बहादुर चन्दले अभिभावक समूह छलफल, शिक्षक तालिम, पाठ्यक्रम अद्यावधिक तथा कार्यान्वयनलाई विद्यालयको प्राथमिकता बताउँदै, विद्यार्थीहरूको अनुभवजन्य सिकाइका लागि परियोजना आधारित सिकाइ, इन्टर्नशिप, सांस्कृतिक भ्रमण तथा नवाचार प्रयोगशाला जस्ता गतिविधिहरू अघि बढाइने जानकारी दिए। विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अभिभावकको निरन्तर सहभागिता आवश्यक रहेको कुरामा जोड दियो।

Photos Here

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*