Hi, How Can We Help You?

Blog

June 26, 2024

‘अङ्कुरम साइन्स हाइलाइट्स’ सार्वजनिक

चितवन । अङ्कुरम एकेडेमीका विद्यार्थी र शिक्षकले तयार गरेको ‘अङ्कुरम साइन्स हाइलाइट्स भोल्युम वान’ पुस्तक सार्वजनिक गरिएको छ । विश्वमा भएका नवीन अनुसन्धानका हाइलाइट्सहरुको संग्रह उक्त पुस्तक बुधवार एक कार्यक्रमका बीच प्रोफेसर डाक्टर नन्दबहादुर सिंहले सार्वजनिक गरेका हुन् । उक्त पुस्तकमा ४३ वटा हाइलाइट्स रहेका छन् ।

पुस्तक सार्वजनिक गर्दै सिंहले अङ्कुरम एकेडमीकाे समग्र व्यवस्थापकीय पक्ष एकदमै राम्राे लागेकाे भनि प्रशंसा गरे । विद्यार्थीकै सक्रियतामा वैज्ञानिक अनुसन्धानको विषय समेटिएको पुस्तक प्रकाशन हुनु एकदमै सकारात्मक कुरा भएको उनले बताए । यस्ता गतिविधिलाई अझै बढाउन उनले सुझाव पनि दिए ।

‘अङ्कुरम साइन्स हाइलाइट्स’ अंकुरम एकेडेमीमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरु र शिक्षक मिलेर तयार गरेका हुन् । यसको सम्पादकीय बोर्डमा विद्यार्थीहरु राजन पौडेल, विशाल ठाकुर, आध्या गुप्ता र साकार उप्रेतीहरु सह–सम्पादकका रुपमा रहेका छन् भने पुस्तकको प्रधान सम्पादक स्कुलका प्रोग्राम डिरेक्टर डा आर एन धिताल रहेका छन् । क्यान्सर, एआई एण्ड कम्प्युटर टेक्नोलोजी, वायोलोजी र मेडिकल एण्ड क्लिनिकल लगायतको बारेमा गरिएको अनुसन्धानका हाइलाइट्सहरु पुस्तकमा समावेश गरिएको छ ।

वैज्ञानिकहरुले नवीनतम विषयमा गरेका अनुसन्धानको बारेमा जर्नलहरुमा आर्टिकल प्रकाशन गर्ने गर्छन् । जर्नलमा छापिएका ती सामाग्रीलाई छोटो र आकर्षक बनाएर हाइलाइट्स बनाउने प्रचलन छ । मानिसको दैनिक जीवनमा साइन्स जोडिएको हुने र त्यसबारेमा आम नागरिकले थाहा पाउनुपर्ने भएकाले हाइलाइट्स तयार गरिएको ‘अङ्कुरम साइन्स हाइलाइट्स’ पुस्तकका प्रधान सम्पादक डा आरएन धितालले बताए ।

आम मानिसमा वैज्ञानिक सचेतना बृद्धिका लागि पुस्तकले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । यस पुस्तकले साइन्स पढ्न चाहाने विद्यार्थीलाई प्रेरित पनि गर्ने उनी बताउँछन् । आगामी वर्ष ‘अङ्कुरम साइन्स हाइलाइट्स भोल्युम टु’ प्रकाशन गर्ने सम्पादकीय बोर्डको योजना रहेको छ । पुस्तक सार्वजनिक कार्यक्रममा अङ्कुरम एकेडेमीका अध्यक्ष आनन्दबहादुर चन्दलगायत विभिन्न स्कुल तथा क्याम्पसहरुमा विज्ञान विषय पढाउने शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर र विज्ञहरुको उपस्थिती थियो ।

 

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*