April 11, 2026

महानगरस्तरीय कक्षा ८ को नतिजामा अंकुरम एकेडेमी प्रथम

भरतपुर – महानगरस्तरीय कक्षा ८ को नतिजा आज शुक्रबार सार्वजनिक भएको छ। यस वर्ष भरतपुरका १६३ वटा विद्यालयको परीक्षामा सहभागिता रहेको थियो । तीमध्ये ७४ सामुदायिक, ८४ संस्थागत तथा ५ धार्मिक विद्यालय रहेका छन्।नतिजा अनुसार शतप्रतिशत पासहुनेमा भरतपुरको अंकुरम एकेडेमी रहेको छ । ७४ जना विद्यार्थी सहभागी भएकोमा सबै पास भएको महानगर शैक्षिक महाशाखाले जनाएको छ ।

सामुदायिक विद्यालय तर्फ भद्रकुमारी राष्ट्रिय आधारभुत विद्यालयका ३५ विद्यार्थी सहभागी भएकोमा ३४ जना पास भएका छन्। नारायणी नमुना मावि भरतपुरबाट सबै भन्दा बढी कुल ३ सय ४५ जना सहभागी भएकोमा ३३३ जना विद्यार्थी पास भएका छन् । परीक्षामा जम्मा ७,५८९ विद्यार्थी सहभागी भएका थिए । जसमा ४,३११ जना विद्यार्थी उत्तीर्ण भएका छन्। जुन ५६.८१ प्रतिशत हो । केही विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन् भने समग्रमा उत्तीर्ण प्रतिशत सन्तोषजनक देखिएको छ।

यसैबीच, ४ जिपिए ल्याउने ८ वटा विद्यालय रहेको जानकारी प्राप्त भएको छ । जसले भरतपुरको शैक्षिक गुणस्तर सुधारतर्फ सकारात्मक सङ्केत गरेको छ। शिक्षा सरोकारवालाहरूले नतिजालाई थप सुधार गर्दै आगामी वर्षहरूमा अझ राम्रो उपलब्धि हासिल गर्न विद्यालय, शिक्षक र अभिभावकबीच समन्वय आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*