Hi, How Can We Help You?

Blog

October 19, 2022

शशस्त्र प्रहरीद्धारा अङ्कुरम् एकेडेमीका विद्यार्थीलाई अग्नि नियन्त्रण अभ्यास तालिम

चाडपर्व नजिकिदै गर्दा अग्नि दुर्घटना बढी हुने भएकाले अग्नि नियन्त्रण कसरी गर्न सकिन्छ र आगोलागी भइहालेको खण्डका यसबाट आफुलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ बालबालिकाहरुका लागि एक दिने अग्नि नियन्त्रण कार्यक्रम आयोजना गरिएको थियो । जसमा शसस्त्र प्रहरी बल कुरीनटारका ८ जना सदस्यहरुको उपस्थिति रहेको थियो । 
 
उक्त कार्यक्रममा शसस्त्र प्रहरी बल कुरीनटारका इन्पेक्टर साथै सब इन्सपेक्टर सुबोध कुमार बुढाथोकी लगायत अन्य दलका सदस्यहरुले अग्नी नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारे प्रयोगात्मक विधिबाट जानकारी दिनुभएको थियो । कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका करीब ६०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो जसमा करीब २५ देखि ३० जना विद्यार्थीले ए.पी.एफ् टोलिको निगरानीमा प्रतक्ष्य रुपमा प्रयोगामक सिकाइ गरेका थिए । 
 
कार्यक्रममा विद्यार्थी मात्र नभई विद्यालयका विभिन्न विभागका कर्मचारीहरुलाई समेत सहभागी गराइएको थियो । लगभग ३ घण्टाको यस कार्यक्रममा विभिन्न विधिका सामग्रीहरु प्रयोगद्वारा अग्नि नियन्त्रण गर्ने विधिका साथै दुर्घटना पश्चात गर्न सकिने प्राथमिक उपचारको विधिबारे ए.पी.एफ् का सब इन्सपेक्टर सुबोध कुमार बुढाथोकीले प्रयोगात्मक ढङ्गबाट स्पष्ट पार्नुभएका एकेडेमीका परीक्षा प्रमुख सदिक्षा पौडेलले बताउनुभयो ।
 
पठनपाठन साथसाथै अतिरिक्त कृयाकलापलाई विशेष जोड दिने यस विद्यालयले विभिन्न माध्यमबाट वार्षिक रुपमा अग्नि नियन्त्रण कार्यक्रम गर्दै आइरहेको यसै विद्यालयका स्तर प्रमुख श्री अर्जुन जि शर्माले जानकारी दिनुभयो  ।  

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*