भरतपुर, १९ कात्तिक ।
भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छात्र निराजन पौडेल अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा छनौट भएका छन् ।
२२ जिल्लाका १३२ जना प्रतियोगीसँगको प्रतिस्पर्धामा छनौट भई आगामी माघ ५ र ६ गते काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा अन्य राष्ट्रका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछन् ।
सबैभन्दा कम उमेरका खेलाडीको रुपमा समेत उनले पुरस्कार प्राप्त गरेका छन् । स्क्र्याबल क्लब पोखरा र लोटस एकेडेमी बाराद्वारा आयोजित यस प्रतियोगितामा २२ जिल्लाका १३२ विद्यार्थीको बीचमा प्रतिस्पर्धा रहेको थियो ।
स्क्र्याबल खेल अंग्रेजी अक्षरहरुको संयोजनमा शब्द निर्माण गरी खेलिने बौद्धिक खेल हो ।