भरतपुर, २४ भदौ ।
भरतपुरस्थित अङ्कुरम् एकेडेमीले पारिवारिक उत्सव कार्यक्रम आयोजना गरेको छ । भदौ २३ गते शनिबार एकेडेमी परिसरमा कार्यक्रम आयोजना गरिएको थियो ।
एकेडेमीले विद्यार्थीका लागि मात्र नभई अभिभावकका लागि पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस वर्ष पनि अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले पारिवारिक उत्सव कार्यक्रम आयोजना गरिएको एकेडेमीका सह-प्राचार्य ओमराज मैनालीले जानकारी दिए ।
करिव २०० जना अभिभावक सहभागी रहेको उत्सवमा विभिन्न खेलहरू खेलाइएको थियो । प्रतियोगितात्मक रूपमा पौडी, फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र चेस लगायतका खेलहरू खेलेर अभिभावकले मनोरञ्जन गरेका थिए ।
प्रतियोगितामा पुरुष पौडीतर्फ सुबोध प्रधान प्रथम, ताराबहादुर केसी द्वितीय र शान पन्त तृतीय भएका छन् । त्यसैगरी महिला पौडीतर्फ सुष्मा सापकोटा प्रथम,
रोजना शाही कर्माचार्य द्वितीय र पवि कार्की तृतीय भएका छन् ।
पुरुष टेबुलटेनिसतर्फ राजन पिया प्रथम र सुनिल मुनाकोमी द्वितीय भएका छन् भने महिलातर्फ सुष्मा सापकोटा प्रथम र रजिना शाही कर्माचार्य द्वितीय भए ।
फुटसलमा पुरुषतर्फ दिलिप कर्माचार्य, मदन शर्मा, योगेश रेग्मी, गोपालप्रसाद चौधरी र सुनिल मुनाकोमीको टोली विजयी भएका छन् भने विक्रम गुरुङ, उत्सव भट्टराई, विनोद भट्टराई, ठाकुर न्यौपाने, विवेक घले र प्रविन रानामगरको टोली उपविजेता भए ।
महिला फुटसलतर्फ सुष्मा सापकोटा, यशोदा रेग्मी, पवि खड्का, रेम्बा श्रेष्ठ, सुनिता भण्डारी,
रञ्जिता सिंह, रजिना शाही कर्माचार्यको टोली विजयी भएका छन् भने सरिता आचार्य, ज्योतिकुमारी पौडेल, शुभेच्छा गुरुङ, शर्मिला बिष्ट, प्रमिला लामा, सीमा उपाध्याय, प्रमिला खाती र सुष्मा पौडेलको टोली उपविजेता भएको छ ।
पुरुष ब्याडमिन्टनतर्फ राम केसी र सागर श्रेष्ठ प्रथम साथै योगेश रेग्मी र गोपाल चौधरी द्वितीय भए ।
महिला ब्याडमिन्टनतर्फ रन्जिता सिंह प्रथम र रजिना शाही कर्माचार्य द्वितीय भए ।
त्यस्तै चेस खेलमा लीलाप्रसाद ओझा प्रथम, मीनबहादुर गुरुङ द्वितीय र बालकृष्ण ओली तृतीय भएका छन् । प्रतियोगितामा विजयी सबैलाई एकेडमीको वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने सह-प्राचार्य मैनालीले जानकारी दिए ।