Hi, How Can We Help You?

Blog

September 21, 2024

अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न

भरतपुर असोज ६
अङ्कुरम् एकेडेमीमा एसक्युसी चितवन हबको नवौँ हब कन्भेन्सन सम्पन्न भएको छ। क्वेष्ट नेपालका अध्यक्ष सुरिना गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो। प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम अङ्कुरम् एकेडेमीको सहआयोजनामा भएको हो । कार्यक्रममा अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए। विशिष्ट अतिथिद्वय प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल र अङ्रम् एकेडेमीका निर्देशक नईम चौधरीले शुभकामना मन्तव्य राख्दै विद्यार्थीको सर्वाङ्गीर्ण विकास तथा गुणीय व्यक्तित्व निर्माणमा एसक्युसीको अहंम् भूमिका हुने भएकोले हरेक विद्यालयमा एसक्यूसी अनिवार्य हुनुपर्नेमा जोड दिए।

Click here to see photos

कार्यक्रममा अङ्कुरम् एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेल, निर्देशक सरला पौडेल, गैँडाकोट इङ्ग्लिस स्कूलका प्राचार्य हिरालाल अर्याल, अर्किड स्कूलका प्राचार्य डा. खेम आचार्य, नारायणी पब्लिक स्कूलका प्राचार्य वेदराज न्यौपाने, उषा इंगलिस स्कूलका प्राचार्य नरेश ढकाल, स्मल हेभन मोडेल स्कूलका विद्यालय प्रतिनिधि हरि रानाभाटको आतिथ्यता रहेको सो कार्यक्रमको सञ्चालन अङ्कुरम् एकेडेमीकी कक्षा–११ की छात्रा सौरभी हमालले सञ्चालन गरेकी थिइन्।

एसक्युसी मास्टर ट्रेनर प्रतीक्षा श्रेष्ठ र कार्यक्रम संयोजक अर्जुन जी शर्माले प्यानल डिस्कसन सञ्चालन गरेका थिए भने कार्यक्रममा सहजीकरण चितवन हब समितिका सदस्यहरू दीपा भट्टराई, गोपीलाल श्रेष्ठ र विक्रम बस्ताकोटीले गरेका थिए।

आठवटा विद्यालयबाट ८० जना विद्यार्थीहरूको सहभागिता रहेको यस अधिवेसनमा केस स्टडी प्रेजेन्टेसन, प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइनु, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स्, स्विमिंगलगायतमा विभिन्न स्कूलका विद्यार्थीहरूको मिश्रित समूह निर्माण गरी प्रतिस्पर्धा गराइएको थियो।

अङ्कुरम् एकेडेमी, गैँडाकोट इङ्ग्लिस स्कूल, ग्रीनल्याण्ड पब्लिक स्कूल, अर्किड स्कूल, नारायणी इङ्ग्लिस पब्लिक स्कूल, स्काइ राइडर इङ्ग्लिस बोर्डिंग स्कूल, स्मल हेभन मोडेल स्कूल र उषा इङ्ग्लिस बोर्डिग स्कूलले समूहगत केस स्टडी प्रेजेन्टेसन प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, ट्रेजर हन्ट, थ्रि मिनट्स् टु साइन, बिट द बिट, एआई कस्टोमाइजेसन एण्ड मुक्स आदिमा अब्बल प्रस्तुति प्रदर्शन गरेका थिए। मिश्रित समूहगतरूपमा प्रतिस्पर्धा रहेको यस कार्यक्रममा अधिकांश विद्यार्थीहरू पुरस्कृत भएका थिए। अङ्कुरम् एकेडेमीका विद्यार्थीहरूले सहभागीहरूको स्वागतार्थ स्वागत नृत्य तथा एसक्युसी गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमका अतिथिलाई प्रमुख अतिथि क्वेष्ट–नेपालकी अध्यक्ष सुरिना गुरुङगले मायाको चिनो प्रदान गरेकी थिइन् भने विजेता सम्पूर्ण विद्यार्थीहरूलाई चितवन हब संयोजक ओमराज मैनाली र सहआयोजक विद्यालय अङ्कुरम् एकेडेमीका निर्देशक नइम चौधरीले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए।

एसक्युसी अर्थात् विद्यार्थी गुणीय चक्राअन्तर्गत हरेक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूमध्येबाट ६ देखि १० जनाको समूह निर्माण गरी वैज्ञानिक पद्दतिको अवलम्बन गर्दै विद्यालयमा व्याप्त समस्याहरूको पहिचान, कारण र निदान खोजिन्छ। क्वेष्ट–नेपाल (चितवन हब)को आयोजना र अङ्कुरम् एकेडेमीको सहआयोजनामा आयोजित उक्त कार्यक्रमको संयोजन अङ्कुरम् एकेडेमीका मावि तह प्रमुख अर्जुन जी शर्माले गरेका थिए।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*