Hi, How Can We Help You?

Blog

December 29, 2024

अङ्कुरम् एकेडेमीमा ‘फुड फेस्ट’ तथा ‘लाइभ म्युजिक’ कार्यक्रम सम्पन्न

चितवन, पुस १४ –
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आइतबार तेस्रो संस्करणको ‘फुड फेस्ट’ तथा ‘लाइभ म्युजिक’ सम्पन्न भएको छ । वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा दुई दर्जन बढी स्टलहरू रहेका थिए ।

कक्षा १२ सम्मका विद्यार्थीले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीका २४ वटा र विद्यालयको तर्फबाट एउटा स्टल राखिएको थियो । कार्यक्रममा विविध जनजातिको संस्कृति झल्काउने सातवटा स्टलहरू राखिएको थियो । ती स्टलहरू थारू, मगर, गुरूङ, राई लिम्बू, नेवार र थकाली र तामाङ जातीका रैथाने खानाका परिकारहरू राखिएको थियो ।

‘फुड फेस्ट’मा राखिएका जनजाति विशेषका स्टलहरूमा घोँगी, बंगुरको मासु, सुकटी, खिउनी, वाचिपालगायतका परिकार राख्ने व्यवस्था मिलाइएको र ती स्टलहरूमा अभिभावक तथा आमन्त्रित व्यक्तिहरूले चासो देखाएको १०+२ का संयोजक सुजन दाहालले जानकारी दिए । अभिभाभावकको उल्लेख्य उपस्थिति रहेको बताउँदै उनले भने, ‘रैथाने खानाप्रति आमन्त्रित व्यक्ति र अभिभावकको विशेष चासो रह्यो, उहाँहरूले विद्यार्थीसँग प्रश्नोत्तर समेत गर्नुभयो ।’

त्यस्तै अन्य खानाका परिकारहरूमा सेलरोटी, तरकारी, मःमः, चाउमिन, हटडग, कर्नडग, दही–पुरी, फ्रुट स्टिक, ओरियो स्विस रोल, फ्राइ मस?म, फ्राइ चिकन, फ्राइ बफ, फ्राइ पोर्क, भेज कट्टी रोल, चिकन कट्टी रोल, किमा नुडल्स, क्यारामेल पुडिङ, चिकन स्टिक, चिज पपकर्नलगायतका तीन दर्जन बढी परिकारहरू राखिएको थियो ।

विद्यार्थीहरू आफैले तयार पारेका खानाका अन्य परिकारहरूमा बुरितो, ओरियो सेक, कटन क्याण्डी, मसला सोडा, चिया, कफी, आइसक्रिम, बनानासेक, पानीपुरी, लाफिङ्गलगायतका खानाका परिकारहरू राखिएको कार्यक्रमको संयोजन गरेका तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए ।

विद्यार्थी तथा शिक्षकहरूको छुट्टाछुट्टै समूहले लाइभ म्युजिकमा गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा शिक्षक–विद्यार्थीबाहेक ५८२ जना अभिभावक र आमन्त्रितहरूको सहभागिता रहेको थियो ।

All Photos

Full News

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*