March 5, 2025

अङ्कुरम् एकेडेमीमा ‘फोल्डस्कोप’ कार्यशाला सम्पन्न

भरतपुर, फागुन २१
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा ‘फोल्डस्कोप’सम्बन्धी कार्यशाला बुधबार सम्पन्न भएको छ । ‘फोल्डस्कोप’ भनेको दुनियाँको सबैभन्दा सानो ‘माइक्रोस्कोप’ हो जसलाई कागज र सिसाको प्रयोग गरी एक अमेरिकी डलरको लागतमा निर्माण गर्न सकिन्छ । यसले ब्याक्टेरिया र सेललाई १४० गुणा ठूलो देखाउँदछ ।

अमेरिकाको स्टयानफोर्ड बायोइन्जिनियरिङ्ग (स्कुल फर इन्जिनियरिङ्ग एण्ड मेडिसिन) र मर्सर युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा मनुप्रकाश र डा. डेभिट ए. डेभिसले युनिभर्सिटीको ल्याबमा आविष्कार गरेको उक्त प्रविधिलाई विश्वमै पहिलोपटक नेपालमा विद्यालय तहमा ल्याइएको हो । यो प्रविधि यसभन्दा पहिला समुदायमा आधारित रही ल्याइएकोमा नेपालमा पहिलोपटक विद्यालयमा ल्याइएको हो ।

कागज, प्लाष्टिक र सिसालगायतका सामग्री प्रयोग गरी सस्तो मूल्यमा निर्माण गर्न सकिने यो ‘माइक्रोस्कोप’ ‘बजेट फ्रेन्ड्ली’ र पकेटमै राखेर हिड्न मिल्ने आकारमा सानो हुन्छ । ‘माइक्रो अर्गानिज्म’ अध्ययनका लागि यो माइक्रोस्कोप अत्यन्त प्रभावकारी रहेको बताइएको छ ।

अङ्कुरम् एकेडेमी र मर्सर युनिभर्सिटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ र ९ ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । मर्सर युनिभर्सिटीका ‘स्ट्याम्प स्करल’ प्रकृति सापकोटाले सहजीकरण गरेको उक्त कार्यशालामा विद्यार्थीहरुले प्राप्त ‘किट’बाट ‘माइक्रोस्कोप’ निर्माण गर्न सिकेका थिए । सापकोटाले ५० देखि ७० हजार रूपैयाँ बजार मूल्य रहेको माइक्रोस्कोले जत्तिकै यसरी निर्माण गरिएको माक्रोस्कोपले काम गर्छ र यो निकै प्रभावकारी रहेको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म यो अभियान समुदायमा आधारित रहेर गरिएकोमा नेपालबाट विद्यायलमा सञ्चालन गरिएको हो ।’ ‘यसले बायोइन्जिनियरिङ्ग अध्ययन गर्ने विद्यार्थी र यसप्रति रुचि राख्ने व्यक्तिलाई ठूलो सहायता मिल्छ’, उनले भनिन् ।

त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा भएको कार्यक्रममा मर्सर युनिभर्सिटीका ‘ग्लोबल इनरोलमेन्ट’का लागि सहायक निर्देशक गोन्जालेजले +२ का विद्यार्थीहरुलाई ‘जुम’मार्फत् प्रशिक्षण दिएकी थिइन् । उनले नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अमेरिका आउँदै गर्दा गर्नुपर्ने तयारी र ‘डकुमेन्टेसन’का बारेमा बताएकी थिइन् । उनले कलेज छान्ने प्रक्रिया, त्यहाँबाट पाउने छात्रवृत्ति र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा प्रशिक्षण दिएकी थिइन् । उनले अनुसन्धान, स्वयंसेवा, समुदायमा आधारित सेवा, उच्च शिक्षा र वैयक्तिक विवरण तयार गर्दा पु¥याउनु पर्ने तथ्यहरुबारे जानकारी गराएकी थिइन् ।

गोन्जालेजले आगामी दिनमा पनि अङ्कुरम् एकेडेमीका विद्यार्थीहरुलाई सहयोग गर्न र विद्यालयसँग सहकार्य गर्न आफू तयार रहेको बताइन् ।

News Link

Click See More Photos

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*