May 16, 2025

अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर : ७७४ जनाको आँखा परिक्षण

भरतपुर । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार अङ्कुरम् एकेडेमीको ‘स्वास्थ्य तथा पोषण क्लब’ र ‘सहयोगी हातहरू’ (हेल्पिङ ह्याण्ड्स क्लब)को आयोजनामा उक्त आँखा शिविर सम्पन्न भएको हो ।
 
‘सुरक्षित भविष्यका लागि स्वस्थ आँखा’ भन्ने नारासहित आयोजना गरिएको उक्त आँखा शिविरमा विद्यालयमा अध्ययनरत ७३१ जना विद्यार्थी र ४३ जना शिक्षक–कर्मचारीको गरी ७७४ जनाको आँखा जाँच गरिएको र विद्यार्थीहरुलाई स्वस्थ्य आँखाको महत्त्व बुझाउन शिविरको आयोजना गरिएको विद्यालयकी स्वास्थ्य तथा कल्याण विभाग प्रमुख निर्देशक सरला पौडेलले जानकारी दिइन् ।
 
भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा आँखा जाँच गरी रेफर गरिएका विद्यार्थीमध्ये अधिकांशमा ‘रिफ्र्याक्टिभ इरर’ पाइएको थियो । ‘रिफ्र्याटिक इरर’ भनेको दृष्टिमा हुने सामान्य विकार हो । विद्यालयको नियमित प्रक्रियाअन्तर्गत आयोजना गरिएको आँखा शिविरमा जाँचपश्चात ५४ जनालाई थप उपचारका लागि भरतपुर आँखा अस्पतालमा रेफर गरिएको आँखा परीक्षण शिविरको नेतृत्व गरेकी दृष्टि विशेषज्ञ अञ्जु श्रेष्ठले जानकारी दिइन् ।
 
भरतपुर आँखा अस्पतालको पाँच जना प्राविधिकसहित दृष्टि विशेषज्ञ अन्जु श्रेष्ठ र नेत्र सहायक आयूष पौडेलसहितको टोलीले जाँच गरेको उक्त शिविरमा स्वस्थ आँखाका लागि अपनाउनुपर्ने जीवनशैली, व्यायाम र आहारबिहारबारे समेत जानकारी प्रदान गरिएको विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

Click to see more photos

News Link

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*