चितवन, भदौ २८-
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा सामाजिक शिक्षा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा तयार पारिएका विविध सामग्रीसहित विद्यालयको प्राङ्गणमा उक्त प्रदर्शनी शुक्रबार सम्पन्न भएको हो ।
‘सामाजिक प्रदर्शनी: इतिहास, संस्कृति र समाजमार्फत् एउटा यात्रा’ नारा दिइएको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका वाद्यवादन, ऐतिहासिकता झल्काउने सामग्री, र सजावटसम्बन्धी सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
सामाजिक विषयमा विद्यार्थीहरुको ज्ञान वृद्धि गर्ने तथा विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक कार्यमा क्रियाशील गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रमको संयोजन गरेका मावि तहप्रमुख अर्जुन जी शर्माले बताए ।
कार्यक्रमले नेपाली संस्कृतिमा निहित ‘विविधतामा एकता’को मर्मलाई बल पु¥याएको विद्यालयका आवासीय निर्देशक नैम चौधरीले जानकारी दिए । प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न सजावटका सामग्री, खेलकुद सामग्रीलगायत ऐतिहासिक मह¤वका पुराना भाँडाकुँडा, घरायसी हातहतियार, नारायणहिटी, धरहरा, लुम्बिनी, स्थानीय उत्पादनहरु, नेवारी संस्कृति झल्काउने कुमारी, कुमारीघर, रथलगायतका दर्जनौँ सामग्रीको प्रदर्शन गरिएको थियो ।
साथै कार्यक्रममा विद्यार्थीहरुले नेपालको शाहवंशीय पूर्वराजाहरु, तत्कालीन समयका भाइभारदारहरुबारे जानकारी दिने प्रदर्शनी, नेपालका प्रमुख पर्यटकीय स्थलहरुको भौगोलिक तथा पर्यटकीय मह¤वका बारे जानकारी र नेपालका विविध साँस्कृतिक विविधता र एकताबारे जानकारी दिएका थिए ।
प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुबाट तयार पारिएका योमरी, पानीपुर, मःम, छोइला, सेकुवालागतका खानाका परिकारहरु र फलफूहरुको स्टलसमेत राखिएको थियो ।
उक्त प्रदर्शनीमा विद्यार्थीहरुले साँस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए । विद्यार्थीहरु नेवारी, तामाङ, गुरूङ, मगर, ब्रह्मण, क्षेत्रीलगायतका जातीय पोशाकमा सजिएका थिए भने विद्यार्थीहरुले निकालेको लाखेनाच आकर्षणको केन्द्र बनेको थियो ।
प्रदर्शनीस्थलमा राखिएका सामग्रीहरुको बारेमा अभिभावकहरुले राखेको जिज्ञासाबारे विद्यार्थीले जवाफ दिएका थिए । कार्यक्रमबाट विद्यार्थीहरुले जनसम्पर्कको मह¤वबारे जानकारी पाएको र सामाजिक अध्ययनमा स्थानीय उत्पादनहरुले खेल्ने भूमिकाको बारेमा जानकारी लिएका थिए ।