Hi, How Can We Help You?

Blog

September 14, 2024

चितवन स्क्रयाबल च्याम्पियनशीपमा ६ जना विजयी, अङ्कुरम् एकेडेमीका निराजन प्रथम र कुलदीप द्वितीय

भरतपुर, ३० भदौ ।
भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशीप सम्पन्न भएको छ । २० विद्यालयबाट ४० जना विद्यार्थीहरू उक्त प्रतिस्पर्धामा सहभागी थिए ।

स्क्रयाबल क्लब चितवनका जिल्ला संयोजक ओमराज मैनालीको अध्यक्षता र प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि स्क्रयाबल क्लब नेपालका सल्लाहकार एवं गैँडाकोट इङ्ग्लिस स्कुलका प्राचार्य हीरालाल अर्याल, अतिथिगण स्मल हेभन मोडल स्कूलका प्राचार्य विमलकुमार क्षेत्री, अङ्कुरम् एकेडेमीका विद्यालय निर्देशक नइम चौधरी, प्रमुख निर्णायक अर्जुन पाण्डे रहेका थिए । अङ्कुरम् एकेडेमीका माध्यमिक तह प्रमुख अर्जुन शर्माले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

‘स्क्रयाबल खेल’ अङ्ग्रेजी अक्षरहरूबाट शब्द निर्माण गर्ने खेल हो जुन विद्यार्थीहरूको नयाँ शब्द निर्माण सिकाइ प्रकृयालाई सहयोग पुर्‍याउँछ । स्क्रयाबल क्लब नेपालमार्फत् ४० भन्दा बढी जिल्लामा शाखाहरूमार्फत् विद्यालय तहका विद्यार्थीहरूलाई यो शब्द निर्माण खेलको अभ्यास गराइने गरिएको छ ।

सहभागी प्रतिस्पर्धी मध्येबाट कोटा प्रणाली अनुरुप उत्कृष्ट ६ विजेता राष्ट्रिय च्याम्पियनशीपको लागि प्रतिस्पर्धा गर्न योग्य रहने नियमअनुसार ४० जना प्रतिस्पर्धी मध्ये ६ जना उत्कृष्ट प्रतिस्पर्धीलाई राष्ट्रिय च्याम्पियनशीपको लागि योग्य ठहर गरिएको प्रमुख निर्णायक अर्जुन पाण्डेले बताए ।

‘उत्कृष्ट ६’ मा अङ्कुरम् एकेडेमीका निराजन पौडेल र कुलदीप सिंह थापा क्रमश: प्रथम र द्वितीय, उषा इंग्लिस बोर्डिंग स्कूलकी प्रतीक्षा भट्ट तृतीय, लिटल फ्लावर स्कूलका सुयोग अधिकारी चौथो स्थान, मन शिक्षा मन्दिरका सचिन गुरुङ पाँचौँ र एड्भेन्चर स्कूलकी प्रेक्षा शर्मा छैटौँ स्थानमा रही राष्ट्रिय च्याम्पियनशीपको लागि छनोट भएका छन् । उनीहरूले आगामी कात्तिक ९ र १० गते सिद्धबाबा मावि तम्घास, गुल्मीमा हुन गइरहेको राष्ट्रिय स्क्रयाबल च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा चितवन स्क्रयाबल च्याम्पियनहरूलाई पदक तथा प्रमाणपत्र स्क्र्याबल क्लब, चितवनका संयोजक ओमराज मैनालीद्वारा वितरण गरिएको थियो । शिक्षक याङ्गचन तामाङले स्क्रयाबल खेलको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*