चितवन : चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको तेस्रो संस्करणको ‘मास्टर एण्ड मिस अङ्कुरम् २०८१’ सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा शुक्रबार अबेर सम्पन्न उक्त कार्यक्रमबाट आफ्ना विविध कौशल प्रस्तुत गर्दै कक्षा ५ का श्रीमन डल्लाकोटीले मास्टर अङ्कुरम् र कक्षा ७ की आराध्या राउतले मिस अङ्कुरम्को ताज जितेका हुन् ।
प्रतियोगिताका लागि प्राप्त इच्छुक विद्यार्थीहरूका आवेदनमध्ये सेलेक्सन राउण्डमार्फत १५ जना छात्र र १५ छात्रा प्रतिस्पर्धाका लागि चुनिएका थिए । तीमध्ये ‘¥याम्प वाक’ राउण्डबाट ५ जना छात्र र ५ जना छात्रा ‘इलिमिनेट’ भएका थिए ।
‘ट्यालेन्ट राउण्ड’अन्तर्गत प्रतिस्पर्धीले गीत, नृत्य, वाद्यवादन, भाषणकला, कराँतेलगायतका कौशल प्रस्तुत गरेका थिए भने उक्त राउण्डबाट थप पाँच÷पाँच जना ‘इलिमिनेसन’ मा परी फाइनलका लागि पाँच जना छात्र र पाँच जना छात्रा चुनिएका थिए ।
प्रतियोगिताको अन्तिम चरण ‘प्रश्नोत्तर’मा भाग लिएका १० जना छात्रछात्रामध्ये सुरुदेखि नै उत्कृष्टता प्रदर्शन गर्दै आएका कक्षा ५ का छात्र श्रीमन डल्लाकोटी मास्टर अङ्कुरम् र कक्षा ७ की छात्रा आराध्या राउतलाई मिस अङ्कुरम् घोषित गरिएको तह–प्रमुख अर्जुन जी शर्माले जानकारी दिए ।
प्रतियोगितामा रोहित घिमिरे र अंशु चौधरीले क्रमशः ‘वेस्ट वाक–मेल’ र ‘वेस्ट वाक–फिमेल’को उपाधि हात पारे भने रेहान श्रेष्ठ र रचना रानाले ‘वेस्ट पर्सनालिटी–मेल’ र ‘वेस्ट पर्सनालिटी–फिमेल’को उपाधि हात पारे । त्यसैगरी आरोहणराज दवाडी र कृशा अधिकारीले क्रमशः पुरुष र महिलातर्फको ‘प्रोमिसिङ पोटेन्सियल अवार्ड’ जितेका थिए ।
कार्यक्रमको निर्णायकहरूमा विद्यालयका प्राचार्य सुमन पौडेल, तह–प्रमुखद्वय अर्जुन जी शर्मा र सुमन शेर्पा लामा रहेका थिए । कार्यक्रममा विद्यालयका आवासीय निर्देशक नईम चौधरीले कार्यक्रमको सफलता र निरन्तरताको शुभकामना दिएका थिए ।