Hi, How Can We Help You?

Blog

June 4, 2024

‘मेरो जिल्ला : मेरो पुस्तिकामा’ सामाजिक अध्ययन परियोजना सम्पन्न

भरतपुर । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा ‘मेरो जिल्ला : मेरो पुस्तिकामा’ विषयक सामाजिक अध्ययन परियोजना सम्पन्न भएको छ ।

एकदिने परियोजनामा सहभागी विद्यार्थीहरुले चितवनका धार्मिक, साँस्कृति, पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको बारेमा परियोजना प्रस्तुत गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत एतिहासिक उपरदाङगढीको बारेमा समेत परियोजना प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुद्वारा प्रस्तुत परियोजनामा चितवनको कृषिसहित शैक्षिक, स्वास्थ्य, साँस्कृति विविधतालगायतका विषयहरुसमेत समेटिएको थियो । विद्यालयकी शिक्षिका सुनिता शर्माले सञ्चालन गरेको कार्यक्रमको संयोजन सह–प्राचार्य ओमराज मैनालीले गरेका थिए भने कार्यक्रममा ११६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*