Hi, How Can We Help You?

Blog

June 3, 2024

विश्व साइकल दिवसको अवसरमा अङ्कुरम् एकेडेमीको बृहत् साइकल र्‍याली

चितवन : विश्व साइकल दिवस २०२४ को अवसर पारेर चितवनको भरतपुरमा सोमबार बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ । भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीको आयोजना, चितवन साइकल राइसर्ड क्लबको सहआयोजना तथा भरतपुर महानगरसँगको सहकार्यमा उक्त बृहत् साइकल ¥यालीको आयोजना गरिएको हो ।

साइकल सँस्कृतिलाई बढावा दिने र वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त साइकल र्‍यालीमा ३७ जनाको सहभागिता रहेको थियो । भरतपुर भ्रमण वर्ष २०२४ को ‘घुमौँ भरतपुर’ अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त र्‍याली अङ्कुरम् एकेडेमीदेखि सुरु भएको थियो ।

अङ्कुरम् एकेडेमीदेखि सुरु भएको सो र्‍याली वनदेवी गेट, बीस हजार ताल, बाटुलीताल, छितामाइ हुँदै लेक ट्वान्टी थाउजेन्ड एण्ड फार्म रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । उक्त र्‍यालीको दुरी करिब २८ किलोमिटर रहेको छ ।

उक्त साइकल र्‍यालीका लागि एलाइभ हस्पिटल प्रा.लि.को चिकित्सा सहायता, एम्बुलेन्स चालक संघ चितवनको एम्बुलेन्स सहयोग, डीआर साइकल स्टोर्सले मर्मत संभार सौजन्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक धर्मेन्द्रप्रसाद कुर्मी नेतृत्वको टोलीले एस्कर्टिङ गरेको थियो ।

अङ्कुरम् एकेडेमीका तह प्रमुख अर्जुन शर्माले संयोजन गरेको उक्त कार्यक्रममा चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँ, अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेल, भरतपुर महानगरपालिका विस्तारित शिक्षा इकाइका प्रशिक्षक गुरुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो भने र्‍यालीका सहभागीहरूलाई गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाले मोही उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*