Hi, How Can We Help You?

Blog

March 30, 2024

अंकुरम् एकेडेमीको पुस्तक समीक्षा शृंखला समापन

चितवन ।भरतपुर-७ अवस्थित अंकुरम् एकेडेमीमा कक्षा ११(व्यवस्थापन संकाय) का विद्यार्थीहरुद्वारा प्रस्तुत पुस्तक समीक्षाको अन्तिम शृंखलासँगै यस शैक्षिक सत्रको पुस्तक समीक्षा शृंखला समापन गरिएको छ। यस अन्तिम शृंखलामा कक्षा ११ (व्यवस्थापन संकाय) का २४ जना समीक्षकहरुको विभिन्न अंग्रेजी पुस्तकहरुमा समीक्षा रहेको थियो।

अधिकांश विद्यार्थीहरुले अंग्रेजी भाषामा प्रकाशित सेल्फ हेल्फ वा लाइफ कोच पुस्तकहरुमाथि जोडदार रुपमा समीक्षात्मक प्रस्तुति दिएका थिए।केही विद्यार्थीहरुको रोजाइमा परेको थियो – फिक्सन ।आफू व्यवस्थापन संकायको विद्यार्थी भएपनि अंग्रेजी साहित्यको फिक्सन विधाका पुस्तक आफ्नो रोजाइमा पर्ने गरेको बताउँछन् समीक्षक मध्येका एक विद्यार्थी रोजन आचार्य ।

शिक्षक तेज अर्यालको सहजीकरणमा आयोजित यस कार्यक्रमलाई अंकुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य एवं शुभकामना व्यक्त गरेका थिएभने सह-प्राचार्य ओमराज मैनालीले समीक्षकहरुको प्रस्तुति मूल्यांकन गरेका थिए।

अंकुरम् एकेडेमीमा पठन संस्कृतिलाई टेवा पुर्याउने हेतुले हरेक शनिबार पुस्तक समीक्षा कार्यक्रमको १२औं शृंखला अन्तर्गत आज २४ समीक्षक (विद्यार्थी) र तिनका अभिभावकको उपस्थितिमा आयोजित यस कार्यक्रमको अन्तिम शृंखलासँगै समापन गरिएको छ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*