Hi, How Can We Help You?

Blog

December 15, 2023

अंकुरम् एकेडेमीमा गणित प्रदर्शनी (म्याथ कार्निभल) सम्पन्न

भरतपुर – चितवन अंकुरम् एकेडेमीमा गणित शिक्षा परियोजना अन्तर्गत वृहत् प्रदर्शनी सम्पन्न भएको छ। कक्षा १ देखि १० सम्म अध्ययनरत ६२७ विद्यार्थीहरुको सकृय सहभागितामा सम्पन्न उक्त वृहत् प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरुलाई गणित ‘डर’ होइन; गणित ‘गर’ हो। अर्थात्, गणित ‘सिक्दै रमाउँदै वा रमाउँदै सिक्दै’ गरिने जीवनपर्यन्त प्रयोगमा आउने शिक्षा हो । यस प्रदर्शनी अन्तर्गत विद्यार्थीहरुले गणित सम्बन्धी १५२ किसिमका प्रोजेक्टहरु तयार गरेका थिए।

विशुद्ध गणित विषयसँग सम्बन्धित आकर्षक र ज्ञानवर्धक प्रोजेक्ट आदिले कार्यक्रमको रौनकता थपेको थियो। करीब ४०० अभिभावकहरुद्वारा अभिरुचिपूर्वक अवलोकन गरी विद्यार्थीहरुलाई हौसला प्रदान गरिएको उक्त प्रदर्शनीमा भरतपुर महानगरपालिका अवस्थित विभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरुले समेत उल्लेख्य रुपमा सहभागी भई अवलोकन गरेका थिए।

अंकुरम् एकेडेमीले पाठ्यक्रम अनुरुप कृयाकलापमा आधारित शिक्षण-सिकाइ गराउने भएकोले विद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख गरी यस्ता किसिमका विषयगत परियोजनाहरु सम्पन्न गर्ने गरिएको सह-प्राचार्य ओमराज मैनाली बताउँछन्।

 

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*