Hi, How Can We Help You?

Blog

September 27, 2023

अंकुरम् एकेडेमीमा स्थानीय पाठ्यक्रम परियोजना अन्तर्गत वृहत् प्रदर्शनी

आश्विन १०, २०८०

चितवन ।अंकुरम् एकेडेमीमा सामाजिक अध्ययन तथा स्थानीय पाठ्यक्रम परियोजना अन्तर्गत वृहत् प्रदर्शनी सम्पन्न भएको छ। कक्षा १ देखि १२ सम्म अध्ययनरत करीब एकहजार जना विद्यार्थीहरुको सकृय सहभागितामा सम्पन्न उक्त वृहत् प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञान मात्र नभई प्रयोगात्मक र व्यवहारिक ज्ञान प्रदान गर्नु हो।

कक्षागत रुपमा सामाजिक अध्ययन तथा स्थानीय पाठ्यक्रमको विषयवस्तुमा आधारित विभिन्न शीर्षक अन्तर्गत विद्यार्थीहरुले संस्कृति, भेषभूषा, ऐतिहासिक तथा पुरातात्विक संग्रहलाई समेत बेजोड रुपमा प्रदर्शन गरेका थिए। सातै प्रदेशमा अवस्थित शहरका नमूनाहरु,
विभिन्न जातजातिका एतिहासिक तथा सांस्कृतिक महत्त्वका घरका नमूना, परम्परागत तथा मौलिक कृषिजन्य सामग्रीहरु, कृषिजन्य उत्पादनहरु, लाखे नाच, ऐतिहासिक संग्रह आदिले कार्यक्रमको रौनकता थपेको थियो।

करीब पाँचसयजना अभिभावकहरुद्वारा अभिरुचिपूर्वक अवलोकन गरी विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभएको थियो।
अंकुरम् एकेडेमीले पाठ्यक्रम अनुरुप कृयाकलापमा आधारित शिक्षण-सिकाइ गराउने भएकोले विद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख गरी यस्ता किसिमका विषयगत तथा तहगत परियोजनाहरु सम्पन्न गर्ने गरिएको सह-प्राचार्य ओमराज मैनाली बताउँछन्।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*