Hi, How Can We Help You?

Blog

February 5, 2024

अंकुरम् र एस.जी.आइ. स्कूलबीच ‘सांस्कृतिक साझेदारी कार्यक्रम

चितवन – अंकुरम् एकेडेमी भरतपुरमा ‘सांस्कृतिक साझेदारी कार्यक्रम’ सम्पन्न भएको छ । अंकुरम् एकेडेमी र एस.जी.आइ स्कूल, महाराष्ट्र, भारत बीच नेपाल-भारत सांस्कृतिक साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

एस.जी.आइ स्कूलका प्रिन्सिपल डा. नविन होलापुरको नेतृत्वमा दुई शिक्षक सहित आएका १५ जना विद्यार्थीहरुको टिमलाई अंकुरम् एकेडेमीमा एक कार्यक्रमका बीच स्वागत गरिएको थियो ।

‘इन्डो-नेपाल कल्चरल एक्चेन्ज प्रोग्राम’ को स्वागतार्थ आयोजित उक्त कार्यक्रमको उद्घाटन बिरुवामा संयुक्त रुपमा जल सेचन गरी एसजीआई स्कूलका प्रिन्सिपल डा. नविन होलापुर, अंकुरम् एकेडेमीका निर्देशक नैम चौधरी र प्राचार्य सुमन पौडेलले गरेका थिए।

प्राचार्य सुमन पौडेलले आगन्तुक शिक्षक र विद्यार्थीहरुको स्वागतार्थ स्वागत मन्तव्य राखेका थिए भने सह-प्राचार्य ओमराज मैनालीले अंकुरम् तथा एस.जी.आइ. दुवै स्कूलका समस्त टिमलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
अंकुरम् एकेडेमीका विद्यार्थीहरुको विभिन्न समूहले गायन, नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*