Hi, How Can We Help You?

Blog

December 29, 2023

अंकुरम एकेडेमीमा फुड फेस्टिवल सम्पन्न

चितवन – अंकुरम एकेडेमीमा फुड फेस्टिवल सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित एकेडेमीले आज (शुक्रबार) फुड फेस्टिवल सम्पन्न गरेको हो ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजित फेस्टिवलमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । जस्मा विद्यार्थीहरुले २० वटा स्टलमा ८० /९० प्रकारका खानेकुराहरु बनाएका थिए ।

विद्यार्थीहरुले फरक फरक परिकारका खाना बनाएर अभिभावक तथा अवलोकनकर्ताहरुलाई खुवाएका थिए । फेस्टिबलमा सेलरोटी, लस्सी, जुश,  चिप्स, पकौडा, अम्लेट,  मासु, चटपट पानीपुरी लगाएतका परिकार थिए ।

कार्यक्रममा खानाका स्टलसँगै साँस्कृतिक प्रस्तुति पनि थियो । विद्यार्थीहरुले आ-आफ्नो प्रस्तुतिमार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । साँस्कृतिक कार्यक्रममा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि कार्यकम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा एकेडेमिका तहप्रमुख अर्जुन शर्माले बताए ।

विद्यार्थी आँफैले खानाका परिकार तयार गरेको हुँदा खाना बनाउन लाग्ने मेहेनत र खानाको महत्त्व बारे बुज्न सक्छन् भन्ने उदेश्यले फुड फेस्टिबल गरिएको उनको भनाई छ । बिध्यार्थिहरुलाई किताबि ज्ञान मात्रै नभएर प्राक्टिकल नलेज हुने भएकाले सो कार्यक्रम फलदायी भएको उनले बताए ।

स्कुलले वार्षिक कार्यतालिका अन्तर्गत आज तेस्रो फुड फेस्टिवल सम्पन्न गरेको हो । कार्यक्रममा स्कुलका शिक्षक, विद्यार्थी, अभिभावक र अन्य स्कुलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*