Hi, How Can We Help You?

Blog

July 22, 2023

अङ्कुरम् एकेडेमीका नवआगन्तुक विद्यार्थीलाई पोखरामा अभिमुखीकरण तालिम

भरतपुर, ७ साउन ।
भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीको कक्षा ११ (विज्ञान तथा व्यवस्थापन) का १६२ जना नवआगन्तुक विद्यार्थीहरुका लागि पर्यटकीय सुन्दर नगरी पोखरामा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरुबीच एकआपसमा सामन्जस्यता एवं मेलमिलापपूर्ण सहकार्यको भावना जागृत गराई आगामी दुई वर्षको शैक्षिक यात्राको गोरेटो निर्माण गर्न सहजता प्रदान गरेको एकेडेमीका सहप्राचार्य ओमराज मैनालीले बताए ।

एकेडेमीका १०+२ कार्यक्रम निर्देशकद्वय डा. रघुनाथ धिताल र श्रद्धा अधिकारीले सदा झैं यस वर्ष पनि अङ्कुरम् एकेडेमीले कक्षा ११ का विद्यार्थीहरुलाई भिन्न परिवेशमा प्रकृतिको मनोरम दृश्यावलोकन गराउँदै अभिमुखीकरण एवं एकआपसमा सामाजिक अन्तर्घुलन गराइएको बताए ।

प्रशिक्षक सौरव लोहनीद्वारा प्रशिक्षित उक्त कार्यक्रम अभूतपूर्व रुपमा सफलता प्राप्त भएको एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले बताए । सहजकर्ता सौरव लोहनीद्वारा विद्यार्थीहरुलाई आगामी दुई वर्षको लागि सफलतापूर्वक आआफ्नो शैक्षिक यात्रा कसरी तय गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला सम्पन्न गराइएको थियो । अङ्कुरम् एकेडेमीलाई भरतपुर महानगरपालिकाले नगरको उत्कृष्ट विद्यालयका रूपमा सुचीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*