Hi, How Can We Help You?

Blog

August 29, 2023

अङ्कुरम् एकेडेमीमा कराँते ग्रेडिङ

भरतपुर, ११ भदौ ।
अङ्कुरम् एकेडेमीमा ३१५ जना जुनियर कराँते प्रशिक्षार्थीको ग्रेडिग कार्यक्रम सम्पन्न भएको छ ।
‘ह्वाइट बेल्ट’ बाट ‘ओरेन्ज बेल्ट’ मा स्तरोन्नति भएका ३१५ जना कराँते प्रशिक्षार्थीले आ-आफ्नो कराँते कला प्रदर्शन गरेका थिए ।

ग्रेडिङ कार्यक्रममा सितोरियो संघ चितवनका अध्यक्ष मोहन बिष्टको प्रमुख आतिथ्य र अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलको अध्यक्षतामा आयोजना गरिएको हो । कार्यक्रममा सितोरियो संघ, चितवनका संरक्षक सुधीर (रमेश) श्रेष्ठ, प्रमुख सल्लाहकार अमर श्रेष्ठलगायत अन्य पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।

 

अङ्कुरम् एकेडेमी सितोरियो कराँते कोच जस्मिना खड्काको प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक टार्जन श्रेष्ठको विशेष उपस्थितिमा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा छात्रातर्फ उत्कृष्ट छनौट भएका प्रशिक्षार्थी साम्राज्ञी प्रधान, युक्ता पौडेल र कृतिका भट्टराई रहेका छन् भने छात्रतर्फ रिदम पौडेल, दियान पौडेल र ओजोन शाक्य उत्कृष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*