Hi, How Can We Help You?

Blog

October 1, 2023

अङ्कुरम् एकेडेमीमा जीवनोपयोगी सीप अन्तर्गत दुना-टपरी तथा बत्ती कात्ने कार्यक्रम

आइतवार, आश्विन १४, २०८०

भरतपुर – अङ्कुरम् एकेडेमीमा जीवनोपयोगी तथा व्यवहारिक सीप अन्तर्गत दुना-टपरी एवं बत्ती कात्ने कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ६ देखि ९ सम्म अध्ययनरत करिब तीनसय जना विद्यार्थीहरुलाई पंचेश्वर आमा समूहको सकृय सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको अतिरिक्त कृयाकलाप प्रमुख अर्जुन शर्माले जानकारी दिए।दिनानुदिन लोप हुँदै गइरहेको परम्परागत एवं सांस्कृतिक महत्व बोकेका यस्ता सीपहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके हाम्रो परम्परा र संस्कृतिको सही अर्थमा जगेर्ना गरेन सकिने कार्यकारी निर्देशक नवराज पौडेल बताउँछन्। यसको मुख्य उद्देश्य विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञान मात्र नभई जीवनोपयोगी र व्यवहारिक सीप प्रदान गर्नु हो भन्छन्- प्राचार्य सुमन पौडेल।

कक्षागत समूहमा दुना-टपरी तथा बत्ती कात्ने सीप प्रशि़क्षण स्थलमा विद्यार्थीको उत्साह तथा कौतुहलता प्रष्ट देख्न सकिन्थ्यो।

परम्परागत तथा मौलिकता बोकेको यस्ता किसिमका कार्यक्रम आजको दिनमा अपरिहार्य हुन्छ।अंकुरम् एकेडेमीमा पाठ्यक्रम अनुरुप क्रियाकलापमा आधारित शिक्षण-सिकाइ गराउने भएकोले विद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख गरी यस्ता किसिमका विषयगत तथा तहगत अतिरिक्त कृयाकलापहरु सम्पन्न गर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*