Hi, How Can We Help You?

Blog

December 2, 2023

अङ्कुरम् एकेडेमीमा ‘बुकलास्टिक’

भरतपुर, १६ मंसिर ।
अंकुरम् एकेडेमीमा ‘बुकलास्टिक’ कार्यक्रम गरिएको छ ।
साहित्यमा रुचि राख्ने कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुले करिव ३ महिनाको अथक मेहनत र प्रयासमा विभिन्न विधामा रही सिर्जना गरेका रचनाहरुलाई विद्यार्थी स्वयंले हस्तलिखित पुस्तकाकार रुप प्रदान गरी विद्यालयको अंग्रेजी र नेपाली विषय विभागमा पेश गरेका थिए ।
५२ जना विद्यार्थीहरुको बाल-साहित्य पुस्तकबाट ‘१५ उत्कृष्ट पुस्तक’ छनौट गरी आफ्ना साहित्यिक सिर्जनाहरु साहित्यकार, शिक्षक, अभिभावक तथा विद्यार्थीमाझ पस्कन पाउने अवसर जुराइएको थियो । सोही रचना वाचन कार्यक्रम नै ‘बुकलास्टिक’ कार्यक्रम रहेको सहप्राचार्य ओमराज मैनालीले बताए ।
बालस्रष्टाले आफ्ना अभिभावकसँगै बसेर कफी पिउँदै रचनालाई निर्धक्कसँग वाचन गरेका थिए ।
`वाह ! कति परिष्कृत र गहकिला शब्द ! कति सुन्दर रचना !´ भन्दै थिए विशिष्ट अतिथिद्वय ईश्वर कँडेल र कवि भूपिन ।
‘१५ उत्कृष्ट बाल-साहित्य’ मध्ये कक्षा ९ की छात्रा बेनिशा शाहले आफ्नो रचना ‘इज एनीवन देयर ?’ वाचन गरी प्रथम स्थान हासिल गरिन् । त्यसैगरी, कक्षा १० का छात्र संस्कार दाहालको रचना ‘अनन्त आह्वान’ले द्वितीय पुरस्कार प्राप्त गर्न सफल भयो । कक्षा ९ मा अध्ययनरत छात्रा जोएल केसी र कक्षा ७ का छात्र निर्भीक अधिकारीले क्रमश: ‘द भेन अफ भेन्गेयन्स्’ र ‘द स्लेयर्स्’ वाचन गरी तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
बाल-स्रष्टाहरुको प्रोत्साहन स्वरुप प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारमा क्रमश: २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलको सभापतित्व र विद्यालय निर्देशक नैम चौधरीको प्रमुख आतिथ्यमा आयोजित उक्त साहित्यिक कार्यक्रममा सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ९ की छात्रा सिर्जना लम्सालले कार्यक्रम सन्चालन गरेकी थिइन् । नेपाली विषय विभाग संयोजक पदमप्रसाद भुर्तेलको व्यङ्ग्यात्मक कविता ‘मैले काठमाडौँ चिनिनँ’ले सहभागी सम्पूर्ण साहित्यानुरागीहरुलाई आल्हादित तुल्याएको थियो ।
तह-प्रमुख देवीप्रसाद पौडेल, शिक्षकहरु रीता उपाध्याय, खेमराज अधिकारी, पदमप्रसाद भुर्तेल र शिक्षाराज अधिकारीले बाल-साहित्य लेखनमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*