Hi, How Can We Help You?

Blog

March 14, 2024

अङ्कुरम् एकेडेमीमा मनाइयो ‘पाइ डे’

भरतपुर, १ चैत ।
अङ्कुरम् एकेडेमीमा कक्षा ९ का विद्यार्थीहरुले १४ मार्च अर्थात् अन्तर्राष्ट्रिय पाइ दिवस (International Pi-Day) उल्लासमय वातावरणमा सम्पन्न गरेका छन् ।

गणित विषय विभागको संयोजकत्वमा सम्पन्न पाइ डेमा विद्यार्थीहरुले गणित विषयसँग सम्बन्धित विभिन्न क्रियाकलापहरु गरेका थिए । सोही क्रममा कक्षा ९ की छात्रा जोएल केसीले बिहानी सभामा ‘पाइ’को महत्व बारेमा बोलेकी थिइन् ।

कलात्मक नमुना प्रस्तुत गर्दै विद्यार्थी

सबैभन्दा धेरै अंकको ‘पाइ’ सूत्र स्मरण तथा लेखन प्रतियोगितामा १३१ अंक सहित राघव अग्रवालले प्रथम स्थान हासिल गर्न सफल भए भने कृशान्त वंशल र क्यारेन पौडेल क्रमश: ११० र १०४ अंकसहित द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए ।

गणित विभाग प्रमुख विनोद अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त प्रतियोगितामा विद्यालयका निर्देशक नैम चौधरीले शुभकामना मन्तव्य राखेका थिए भने विजेता विद्यार्थीहरुलाई प्राचार्य सुमन पौडेलले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले ‘पाइ’को आकारका विभिन्न कलात्मक नमूना आकारहरु प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*