Hi, How Can We Help You?

Blog

September 2, 2023

अङ्कुरम् एकेडेमीमा व्यवहारिक ज्ञानका विविध कार्यक्रम

भरतपुर, १६ भदौ ।
भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमीले ज्ञान तथा सीपमूलक वृहत् कार्यक्रमहरू सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा शनिबार आयोजित कार्यक्रम अन्तर्गत अन्तर विद्यालय बेस(भरतपुर इङ्लिस स्कुल सोसाइटी) स्तरीय पौडी प्रतियोगिता, कक्षा ८ का लागि प्लम्बिंग कार्यशाला, कक्षा ९ का लागि वाइरिंग कार्यशाला, कक्षा ४ देखि ७ सम्मका लागि क्यालिग्राफी कार्यशाला, कक्षा ११ र १२ का लागि बास्केटबल प्रतियोगिता तथा हाजिरीजवाफ प्रतियोगिता गरिएको एकेडेमीका सह-प्राचार्य ओमराज मैनालीले जानकारी दिए ।

विद्यार्थीलाई पाठ्यक्रममुखी शिक्षाले मात्रै नपुग्ने भन्दै व्यवहारिक ज्ञान दिनका लागि एकेडेमीले अतिरिक्त क्रियाकलापहरू नियमितरूपमा गर्दै आएको मैनालीले बताए ।

पौडी प्रतियोगितामा बेस अन्तरगत २७ वटा विद्यालयका ६० जना विद्यार्थीहरु सहभागी थिए । प्रतियोगिता रिले र सिङ्गल तथा छात्र एवं छात्रा समुहबीच छुट्टाछुट्टै भएको थियो । प्रतियोगितामा सिङ्गल छात्र तर्फ ग्रीनफिल्ड स्कुल मुग्लिङका उदय गुरुङ प्रथम, प्रेरणा स्कुल भरतपुर- ११ का सफल सापकोटा द्वितीय र अङ्कुरम् एकेडेमी भरतपुर- ७ का सिमोन तामाङ तृतीय भएका छन् भने सिङ्गल छात्रातर्फ अङ्कुरम् एकेडेमी भरतपुर- ७ कि आर्सिया खनाल प्रथम, ग्रीन फिल्ड स्कुल मुग्लिङकी स्मृति तुमसिङ द्वितीय र प्रेरणा स्कुल भरतपुर- ११ कि जेनिशा तामाङ तृतीय भएकी छन् ।

त्यस्तै रिले स्विमिङ छात्रतर्फ प्रगति पाठशाला कुरिनटारका रिवाज बानिया र भविन मगर प्रथम, प्रेरणा स्कुल भरतपुर- ११ का सफल सापकोटा र प्रज्वल श्रेष्ठ द्वितीय र ग्रीन फिल्ड स्कुल मुग्लिङका अरुण राई र उदय गुरुङ तृतीय भएका छन् भने छात्रतर्फ अङ्कुरम् एकेडेमीका प्रीशा न्यौपाने र अभिन्या कार्की प्रथम हुन सफल भएका छन् ।

बिजेता स्कुल र प्रतियोगी विद्यार्थीहरुले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरे । बेस चितवनका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा सम्पन्न स्विमिङ प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य मोहन लामा रहेका थिए ।

बेस चितवनको वार्षिक क्यालेन्डरमा तय गरिएको अतिरिक्त कार्यक्रम अन्तरगत भदौ १५ गते सम्पन्न पौडी प्रतियोगिता यस वर्षको दोश्रो कार्यक्रम हो । यसअघि नारायणी विद्या मन्दिर शिवघाटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भैसकेको छ ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*