Hi, How Can We Help You?

Blog

September 25, 2023

अङ्कुरम् एकेडेमीमा स्क्रयाबल च्याम्पियनशीप सम्पन्न

भरतपुर, ८ असोज ।
अङ्कुरम् एकेडेमीमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशीप सम्पन्न भएको छ । सत्रवटा विद्यालयबाट ३४ जना विद्यार्थीहरूले उक्त प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

स्क्रयाबल क्लब चितवनका जिल्ला संयोजक ओमराज मैनालीको सभापतित्व र प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि स्क्रयाबल क्लब पोखराका सल्लाहकार एवं गैँडाकोट इङ्ग्लिस स्कुलका प्राचार्य हीरालाल अर्याल, अतिथिगण प्याब्सन चितवनका उपाध्यक्ष भानुप्रसाद अर्याल, अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेल, स्क्रयाबल क्लब नवलपुरकी जिल्ला संयोजक बिना कोइराला, प्रमुख निर्णायक अर्जुन पाण्डे रहेका थिए । अङ्कुरम् एकेडेमीका तह प्रमुख अर्जुन शर्माले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

‘स्क्रयाबल खेल’ अङ्ग्रेजी अक्षरहरूबाट शब्द निर्माण गर्ने खेल हो जुन विद्यार्थीहरूको नयाँ शब्द निर्माण सिकाइ प्रकृयालाई सहयोग पुर्‍याउँछ । स्क्रयाबल क्लब पोखरा मार्फत् ४० भन्दा बढी जिल्लामा जिल्ला शाखाहरू मार्फत् विद्यालय तहका विद्यार्थीहरूलाई यो शब्द निर्माण खेलको अभ्यास गराइने गरिएको छ ।

सहभागी प्रतिस्पर्धाहरू मध्येबाट उत्कृष्ट पच्चीस प्रतिशत राष्ट्रिय च्याम्पियनशीपको लागि प्रतिस्पर्धा गर्न योग्य रहने नियमअनुसार ३४ जना प्रतिस्पर्धी मध्ये ९ जना उत्कृष्ट प्रतिस्पर्धालाई राष्ट्रिय च्याम्पियनशीपको लागि योग्य ठहर गरिएको प्रमुख निर्णायक अर्जुन पाण्डेले बताए ।

‘उत्कृष्ट ९’ मा लिटिल फ्लावर स्कुलका अर्नव पाण्डे, अङ्कुरम् एकेडेमीका कुलदीप सिंह थापा, सहिद स्मृति माविकी समिता थापा मगर, अङ्कुरम् एकेडेमीका निराजन पौडेल, नारायणी इंगलिस पब्लिक स्कूलका म्याक्सम अनुपम सिग्देल, स्मल हेभन मोडल स्कूलका रुद्राक्ष क्षेत्री, सहिद स्मृति माविका राज श्रेष्ठ, मन शिक्षा मन्दिरका समिर गुरुङ र नारायणी इङ्लिस पब्लिक स्कूलका अपूर्व लामिछाने रहेका छन् । अपूर्व आगामी कात्तिक १८ गते लोटस एकेडेमी, सिमरा, बारामा हुन गइरहेको राष्ट्रिय स्क्रयाबल च्याम्पियनशीपमा प्रतिस्पर्धी गर्न पाउने छन् ।

सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र तथा चितवन स्क्रयाबल च्याम्पियनहरूलाई पदक तथा प्रमाण पत्र अङ्कुरम् एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेल, प्याब्सन चितवनका उपाध्यक्ष भानु प्रसाद अर्याल र अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलद्वारा वितरण गरिएको थियो । शिक्षक यांगचेन तामांगले स्क्रयाबल खेलको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*