Hi, How Can We Help You?

Blog

November 9, 2023

अङ्कुरम एकेडेमीमा अध्ययनरत द्यिार्थीहरुको विज्ञान प्रदर्शनी

चितवन : भरतपुरमा रहेको अङ्कुरम एकेडेमीमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी सुरु गरेका छन् । ६ महिना अगाडि देखिबाट नै प्रयोगात्मक अभ्यास थालेका विद्यार्थीहरुले यसअगाडि एक हप्ताको तयारी गरि गतबिहिवार विज्ञान प्रदर्शनी गरेका हुन् ।

खासगरी विद्यार्थीहरुले बिज्ञान प्रविधीसंग सम्बन्धी पानी तान्ने मोटर, जेसिबी, स्काभेटर, डोजर, एटिएम मेसिन, गोवरग्यास, सौर्य उर्जा, पंखा जस्ता विभिन्न उपकरणहरु बनाएर प्रदर्शनी गरेका थिए । ९८० जना विद्यार्थी रहेको सो एकेडेमीमा शैक्षिक गुणस्तर सुधारका लागि र विद्यार्थीहरुको रुची अनुसारका विभिन्न कार्यक्रमहरु गरिदै आएको अङ्कुरम एकेडेमीका सह प्राचार्य ओमराज मैनालीले बताउनुभयो ।

यसअगाडि पनि अङ्कुरम एकेडेमीले विद्यार्थीहरुको बिज्ञान प्राविधिसँग सम्बन्धित प्रयोगात्मक अभ्यास एवं चित्रकलाहरुको प्रदर्शनी र उत्कृष्ट बिधामा छनौट भएका विद्यार्थीहरुलाई सम्मान समेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*