Hi, How Can We Help You?

Blog

December 24, 2023

क्रिष्टल र कृतिकालाई “मास्टर एण्ड मिस अंकुरम्” को उपाधि

आइतवार | पुष ८, २०८०

भरतपुर-७ अवस्थित अंकुरम् एकेडेमीका कक्षा ८ का छात्र क्रिष्टल अघिकारी र कक्षा ४ की छात्रा कृतिका भट्टराईलाई क्रमश: मास्टर एण्ड मिस अंकुरम्   उपाधिद्वारा विभूषित भएका छन्।

दुई हप्ता अघि शुरु भएको अडिशन राउण्ड हुँदै स्टेज राउण्ड सम्म आईपुग्दा तीसजना प्रतिस्पर्धीहरु  रहेका थिए। फाइनल राउण्डुमा आइपुग्दै गर्दा उक्त प्रतिस्पर्धीहरु तीनवटा चरणहरु पार गर्दै गएका थिए- र्याम्प वाकु, ट्यालेन्ट राउण्ड र जज राउण्ड । सबै चौध छात्र प्रतिस्पर्धीहरुलाई पछि पार्दै कृष्टल अधिकारी (कक्षा ८) र कृतिका भट्टराई (कक्षा ४)  ले क्रमश: मास्टर एण्ड मिस अंकुरम् को उपाधि जित्न सफल भएका छन् ।

त्यसैगरी, बेस्ट पर्सनालिटी अवार्ड सुभांश के.सी र श्रीदि कर्माचार्यले हात पारेका छन् भने सन शाक्य र आश्रिका बास्तोलाले क्रमश: प्रमिसिंग पोटेन्सियल अवार्ड द्वारा विभूषित भएका छन्। जोएल वि.क र अनिमा जमरकट्टेलले उत्कृट र्याम्प वाक गरी बेस्ट र्याम्प उपाधि जित्न सफल भएका छन्। शिक्षकत्रय अर्जुन शर्मा, शुभेच्छा गुरुङ र रुपा भट्टराईको निर्णायक मण्डलले  मास्टर एण्ड मिस अंकुरम्  विजेता र उप-विजेता घोषणा गरेका थिए।

विजेताहरुलाई गत वर्षका मास्टर एण्ड मिस अंकुरम् ओजोन मान शाक्य र विभूति अधिकारीले ब्याज तथा ताज पहिर्याई दिएका थिए।
सह-प्राचार्य ओमराज मैनाली, प्राचार्य सुमन पौडेल, निर्देशक सरला पौडेल र विद्यालय निर्देशक नैम चौधरीले सम्पूर्ण विजेता तथा उप-विजेताहरुलाई ट्रफी, पुष्पगुच्छा आदि प्रदान गरेका थिए। शिक्षक समीरचन्द्र कोइरालाले उक्त कार्यक्रम सन्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*