Hi, How Can We Help You?

Blog

July 7, 2023

ग्लोबल इन्टरपेनरशिप बुट क्याम्पमा अन्कुरम एकेडेमीका ४ जना बिद्यार्थी र १ टिचर आज दुबई प्रस्थान

चितवन – दुबईमा हुन लागेको ग्लोबल इन्टरपेनरशिप बुट क्याम्पमा अन्कुरम एकेडेमीका ४ जना बिद्यार्थी र १ टिचर आज दुबई प्रस्थान गरेका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थी मनोरम श्रेष्ठ, सायरा चुके, संभव प्रधान र सुलभ श्रेष्ठ गरि ४ जना विद्यार्थी सङ्ग प्रोग्राम डाइरेक्टर श्रद्धा अधिकारी गएकी हुन ।

बिश्व भरका १०० भन्दा बढी देशका १३१ स्कुलका विद्यार्थीहरु सहभागी हुने उक्त क्याम्पमा नेपालबाट २ वटा स्कुल छनौटमा परेका हुन । नेपालबाट छनौट भएका २ वटा स्कुलमा काठमाडौको बुढानिलकण्ठ र चितवनको अन्कुरम एकेडेमी रहेका छन् । क्याम्प जुलाई ७ देखि १० तारिख अर्थात असार २२ देखि २५ गतेसम्म चल्नेछ ।

कार्यक्रमबाट ग्लोबल बिजनेसको बारेमा विद्यार्थीहरु जानकार हुनेछन् । यस्ता कार्यक्रमले नव उधमिहरु जन्माउन मद्धत गर्दछ । हाम्रा विद्यार्थीहरुले पनि ग्लोबल बिजनेश कल्चरका बरेमा केही कुरा जानुन भनेर क्याम्पमा सहभागी जनाउन पठाइएको एकेडेमिका भाइस प्रीन्सिपल ओमराज मैनालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*