Hi, How Can We Help You?

Blog

September 11, 2023

अङ्कुरम् एकेडमीको स्काउट नृत्य रनिङशिल्ड प्रतियोगितामा भद्रकुमारी प्रथम

भरतपुर, २४ भदौ ।
भरतपुर-७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले अन्तर विद्यालय स्काउट नृत्य रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा १९ वटा विद्यालय सहभागी थिए । प्रतियोगितालाई एकेडेमीका प्रधानाध्यापक सुमन पौडेलले अध्यक्षता गरेका थिए ।

प्रतियोगितामा भरतपुर-५ स्थित श्री भद्रकुमारी राष्ट्रिय विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी भरतपुर-१० स्थित ॐ शान्ति एकेडेमीले द्वितीय स्थान हासिल गरेको छ भने भरतपुर-७ मा रहेको वाल्मीकि शिक्षा सदन तृतीय स्थान ओगट्न सफल बन्यो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् । त्यसैगरी विशेष पुरस्कार अन्तर्गत उत्कृष्ट नृत्य प्रस्तोताका रूपमा सनराइज स्कुलकी पृष्टि परियार र उत्कृष्ट नृत्य प्रशिक्षणका रूपमा राष्ट्रिय मावि कृष्णपुरलाई पुरस्कृत गरिएको एकेडेमीका सह- प्राचार्य ओमराज मैनालीले बताए । प्रतियोगिताको निर्णायक मण्डलमा रोशिका राउत, निरा गुरुङ र राकेश विश्वकर्मा रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर- ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालित अङ्कुरम् एकेडेमीले अन्तर्राष्ट्रिय स्तरमै आफ्ना कार्यक्रमहरु गर्दै आइरहेको बताए । `अङ्कुरम्ले आगामी दिनमा पनि यस्तै किसिमका पृथक र रोचक कार्यक्रमहरू प्रस्तुत गर्दै जाओस्´, काफ्लेले भने ।
कार्यक्रमको विशिष्ट अतिथिमा भरतपुर महानगर स्काउटका संयोजक शिवप्रसाद बराल रहेका थिए भने अतिथिका रूपमा ईश्वर गुरुङ, टंकप्रसाद त्रिपाठी सहभागी थिए ।

सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई अर्जुन शर्माले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*