भरतपुर, २६ मंसिर ।
वाल्मीकि शिक्षा सदनको व्यवस्थापन र भरतपुर इङ्लिस स्कूल्स सोसाइटी (बेस) को आयोजनामा बेस स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
बेसका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षता र प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको प्रमुख अतिथ्यतामा वाल्मीकि शिक्षा सदनमा सम्पन्न उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख खेमलाल पहारीले सञ्चालन गरेका थिए ।
वाल्मीकि शिक्षा सदनका शैक्षिक विभाग प्रमुख प्रकाश सुवेदीको स्वागत मन्तव्य सँगै शुरु भएको अंग्रेजी माध्यममा राखिएको वादविवाद प्रतियोगितामा अङ्कुरम् एकेडेमीकी छात्रा समृद्धि क्षेत्री प्रथम, नारायणी पब्लिककी छात्रा सौरभी हमाल द्वितीय र ग्रीनल्याण्ड पब्लिककी छात्रा विदुसी कार्कीले तृतीय स्थान हासिल गरेका थिए ।
कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल, इन्द्रेश शाह, वाल्मीकिका सहायक प्राचार्य दुर्गाप्रसाद घिमिरेलगायतले मन्तव्य राख्दै कार्यक्रमबारे प्रकाश पारेका थिए भने विजेता तीन जनालाई बेसका अध्यक्ष इन्द्रेश शाह, उपाध्यक्ष शिवु केसी र वाल्मीकि शिक्षा सदनका सहायक प्राचार्य दुर्गाप्रसाद घिमिरेले मेडल, शील्डलगायत पुरस्कार वितरण गरेका थिए ।
भरतपुर, ९ मंसिर ।
सनराइज स्कुलको ३५औँ वार्षिकोत्सवका अवसरमा १८औँ जिल्लाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा अङ्कुरम् एकेडेमी कृष्णपुरका सोहम अधिकारीले प्रथम स्थान हासिल गरेका छन् । अधिकारीले `माटोको माया´ शीर्षकको कवितालाई प्रतियोगितामा वाचन गरेका थिए । त्यसैगरी पोलर स्टार स्कुल गौरीगञ्जका आँचल देवकोटा द्वितीय, स्काइराइडर स्कुल रत्ननगरका यश्मन पोखरेल तृतीय तथा सान्त्वना पुरस्कार स्मल हेभन मोडल स्कुल आँपटारीका अभिनव अधिकारी र लक्ष्मी मावि लंकूका कुसुम सापकोटाले प्राप्त गरेका छन् ।
प्रतियोगितामा १७ वटा विद्यालयका ३१ जना विद्यार्थी प्रतियोगीको रूपमा सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि धनराज गिरिले विद्यालयमा गरिने यी खाले प्रतियोगिताले विद्यार्थीमा सिर्जनात्मक विकास हुने बताए । प्रतियोगिताको निर्णायकमा प्राध्यापक कपिल अज्ञात, रमेश प्रभात र रामजी भट्टराई रहेका थिए ।
चितवन – अङ्कुरम् स्काउट ट्रुपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा अन्तरविद्यालय स्काउट रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सनराइन इग्लिस स्कुल प्रथम , ग्रिनल्याण्ड इङ्गिलस स्कूल द्धितिय र एकता शिशु निकेतनका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरे । प्रथम हुने समुहले १० हजार नगद सहित रनिङ्ग शिल्ड प्राप्त गर्यो भने द्धीतिय हुनेले ७५सय र तृतीय हुनेले नगद ५हजार पुरस्कार राशी प्राप्त गरे । प्रतियोगितामा मुग्लिगं देखि माडी सम्मका २० वटा विद्यालयका करिब १४० विद्यार्थीहरुको सहभागी रहेको थियो ।
हरितालिका तिजको अवसर पारेर नेपाली कला र संस्कृतिको संरक्षण संगै विभिन्न विद्यालयको स्काउट विद्यार्थीहरुको मित्रता कायम गर्ने उद्धेश्यले कार्यक्रम गरिएको एकेडेमीका परीक्षा प्रमुख सदिक्षा पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा बज्रयोगा तथा डान्स एकेडेमीका निर्देशक पुष्प श्रेष्ठ र अङ्कुरम् एकेडेमीका नृत्य प्रशिक्षक निरा गुरुङ्गले निर्णायकको भुमिका निभाउनु भएको थियो ।
पठनपाठन साथसाथै अतिरिक्त कृयाकलापलाई पनि अन्तर्राष्ट्रिय स्तरबाट संचालन गर्दै आइरहेको यस एकेडेमीले मासिक तथा वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।अङ्कुरम् एकेमीका स्तर प्रमुख अर्जुन जि शर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समन्वय समितीका संयोजक परमेश्वर खनाल रहनुभएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रिय समितिका सदस्य मोहन लामा, स्काउट रोवर लिडर तथा स्काउटर सि.ए.एल.टि शिव प्रसाद बराल , एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।
'Inter-School BESS Level Swimming Competition' has been successfully conducted in the Ankuram Academy premises which was done in the initiation of BESS Chitwan.