Hi, How Can We Help You?

Blog

June 9, 2023

अङ्कुरम्का विद्यार्थीले कार्यशालामा सिके कथा लेख्न

अङ्कुरम्का एकेडेमीले पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि जारी राखेको छ । बालबालिकाको सिर्जनशिलता विकास गर्ने उद्धे्रश्यले यसैसाता बाल कथा लेखन कथाशाला आयोजना गरिएको थियो । निजि विद्यालयका बालबालिकाहरु नेपाली पढ्न अल्छी मान्छन् भन्ने आरोप लागिरहदाँ अङकुरम्ले भने नेपाली साहित्य र भाषालाई प्रमुख प्राथमिकतामा राखी साताव्यापी वालकथा लेखन कथाशालाको आयोजना गरेको हो । कथाशालामा कक्षा ६ देखि ९ सम्मका ७० जना विद्यार्थीले भाग लिएका थिए । कथाशालाको समापनमा ७ जना छात्राहरुले आफुले लेखेको कथा सुनाएका थिए । बाहिरि मौसम गर्मी भएपनि विद्यालयले कथा लेखनका तालिम आयोजना गरेपछि विद्यार्थीहरुले उत्साहि बनेर कथा लेख्न थालेको बताएका थिए । “पहिले मलाई कथा लेख्न र पढ्न पनि झ्याउ लाग्थ्यो, कक्षा ९ कि छात्रा युरिका पौडेलले भनिन् तालिमपश्चात् अहिले दिनको एउटा कथा लेख्न थालेकी छु ।” यस्तै अर्की छात्रा लुक्षा श्रेष्ठले तालिम आफ्ना लागि प्रेरणादायी र साहित्य लेखनको सुरुआत गर्न सहज भएको बताइन् । मलाई खुसीसंगै प्रेरणा मिलेको छ , तालिमपश्चात नेपालीमा कथा लेख्न सुरु गरेकी छु । मलाई अहिले पढ्नभन्दा कथा लेख्न रमाइलो लाग्न थालेको छ, उनले आप्mनो अनुभव सुनाइन् । “म पहिलो दिन त कथा शालामा गएको थिइन कक्षा ६ का छात्र विराज पौडेलेले भने, साथीहरुले आएर अनुभव सुनाएपछि भोलिपल्टबाट तालिममा गए अहिले दैनिक लेख्न थालेको छु ।” कार्यक्रमको वाल साहित्य परिषद्का महासचिव विजयराज आचार्यले सहजीकरण गर्नुभएको थियो । आचार्यले वच्चाहरुको सिर्जनसिलता विकासका लागि कथाशाला महत्वपुर्ण सावित भएको बताउनुभयो । यस्तै कवि कर्णबहादुर बानियाँले बालसाहित्यको उजागर गर्नु जरुरी भएको भन्दै बालबालिकाबाट लेखिने साहित्य बालमनोविज्ञानमा आधारित हुने बताउनुभयो। कथा सुनाउने बालबालिकाले पाप धर्म, संस्कार संस्कृति चेतना शिक्षा अन्धविश्वास संगै नेपालको समसामयिक विषय, राजनीतिक प्रभाव, पितृसत्ता बढ्दो असुरक्षा जस्ता विषयमा बालमस्तिष्कमा परेको प्रभावबारे उल्लेख गरेका थिए । बालबालिकाले लेखेका कथाहरुलाई कितावको रुपमा प्रकाशन गरिने एकेडेमीका प्राचार्यले सुमन पौडेलेले जानकारी दिनुभयो । कविता लम्साल, दिनिसा बिष्ट, जस्मी सापकोटा, दिपाली खतिवडा, ग्रीस्ना पाण्डे, आयुषा कुँवर र साइसा शर्मा गरी ७ जनाले कथा सुनाए । कार्यशालामा ७० जनाले कथा लेखेका थिए । ती मध्येबाट छनोटमा परेका ७ जनालाई विद्यार्थीका माझ वाचन गर्न दिइएको विद्यालयका प्रधानाध्यापक सुमन पौडेलले बताए । त्यसैगरी उक्त कार्यक्रममा विद्यार्थीले कथा लेखनका अनुभवहरू सुनाएका थिए । नुच्छा श्रेष्ठ, रिहाना गैरे, युरिका पौडेल, आरोना बस्ताकोटी, निराजन पौडेल, श्रीमन रिजाल, प्रीसा न्यौपाने र बिराज पौडेलले कार्यशालामा सहभागी भै कथा लेख्न बस्दाका अनुभव साथीहरूलाई सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*